​भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रबाट रेणु दाहाल

काठमाडौं,७ बैशाख । काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालकी पुत्री रेणुले भरतपुर महानगरपालिका, चितवनबाट मेयरका लागि उम्मेदवारी दर्ता गर्ने भएकी छिन्।

प्रधानमन्त्री दाहालकी छोरीहरु मध्ये रेणु दाहाल मात्रै सक्रिय राजनीतिमा छिन्। गत संविधान सभा चुनावमा काठमाडौं–१ बाट  प्रकाशमान सिंहसँग लडेकि उनी पराजीत भएकि थिईन ।

स्थानीय निवार्चनको सरगर्मी बढ्दै गएको बेला एकाएक काठमाडौंको मेयरकामा लड्ने कुरा बाहिरिएपछि रणु दाहालले टपलाईन खवरलाई भनिन् ‘काठमाडौंका विषयमा हाम्रा अन्य उम्मेदवार रहनुहुनेछ, यसमा मेरो चर्चाको कुरामा त्यति सत्यता छैन । मैले काठमाडौं दाबी पनि गरेकी छैन । मेयरको उम्मेदवार बन्ने अवसर पाउँदा मैले भरतपुरबाटै लड्ने सोच बनाएकी छु भनिन् ।’ दाहाल माओवादी केन्द्र पार्टीको पोलिटब्युरो सदस्य हुन ।

renu_daha2l

प्रधानमन्त्री पुष्पकमल दाहालको गृह जिल्ला समेत भएको र प्रधानमन्त्रीको घर  भरतपुर महानगरपालिका भित्र नै पर्ने भएकोले माओवादी केन्द्रका लागि भरतपुर महानगरपालिको मेयर प्रतिष्ठाको बिषय बन्दै छ । प्रधानमन्त्री दाहालले चितवन जिल्लाका लागि हालै करोडौं बजेटको प्याकेज कार्यक्रम ल्याएपछि माओवादी केन्द्रमा अझै बढी उत्साह थपिएको छ ।

निर्वाचनको मिति नजिकिँदै जाँदा महानगरपालिकामा राजनीतिक दलहरु आफ्ना दलका प्रतिनिधि छनौटको कसरतमा लागि परेका छन्। यद्यपि अहिलेसम्म दलहरुले कुनै पनि पदमा आफ्नो उम्मेद्वार घोषणा गर्न सकेका छैनन्। यहाँ कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाबीच नै मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएपनि माओवादी केन्द्र मेयर पदकी उमेदवार रेणु दाहाल बहुमतले जित्ने पक्का भईसकेकोछ । उम्मेद्वारहरुको टुंगो भोली सम्ममा लाग्ने पार्टी केन्द्रले जनाएकोछ ।

रेणुले चितवनको विकासकालागि एक घर एक रोजगारी, एक घर एक घारा पु¥याउने लक्ष्य सहित अगाडि बढिकी छिन ।  महिला नेत्री दाहाल ईमान्दार कुशल योजनाकार र जनस्तरमा जनतासँग सजिलै घुलमिल हुनसक्ने क्षमता भएकाले  उनी जित्नेमा दुईमत नरहेको ( चितवन जिल्लको राजनीतिक अवस्थालाई नजिकबाट  विश्लेषण गदै आएका अखिल क्रान्तिकारि त्रि.विका निवर्तमान अध्यक्ष एंव विद्यार्थी नेता राजु लामिछानेले ) बताए ।

प्रचण्डको नाम र थरलाई मुलमन्त्र बनाई पार्टीका जिम्मेवार ठहरिएका नेताहरुले  राजनीतिक विरासत उत्पन्न गराएकाले भरतपुर महानगरपालीकामा रेणुलाई नै उठाउने निणर्य भएको माओवादी केन्द्रका एक नेताले टपलाईन खवरलाई जानकारी दिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.