गोदावरी नगरपालीकामा अनपेक्षित जित हासिल गर्न : नेता भट्टले

धर्म सिंह कुवर

धनगढी, १० बैशाख । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य लेखराज भट्टले स्थानीय निकायको निर्वाचनबाट प्रदेस नम्वर सातले अनपेक्षित जित हासिल गर्न बताएका छन् ।

धनगढीमा गोदावरी नगरपालीकाले आयोजना गरेको चुनावी जनसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

गएको संविधान सभा चुनावमा माओवादी टुटफुटका कारण धेरै ठाउँमा पराजित भएको थियो । अहिले माओवादी केन्द्र सरकारमा गएपछि भएका विकासका बारेमा जनताले प्रत्यक्ष महसुश गर्न पाएकाले अबको जित माओवादीको केन्द्र भएको बताए ।
नले माओवादीको त्याग र बलिदानबाट अहिलेको स्थित पैदा भएको उल्लेख गर्दै स्थानीय निकायको चुनावमा जनताले माओवादीका नेताहरुलाई जिताउन अनुरोध गरे । पूर्व मन्त्री समेत रहेका भट्टले समाजमा हुने गरेका विकृति, विसंगतिका विरुद्ध जनयुद्ध थालनी गरेको स्मरण गर्दै भट्टले विगतमा माओवादीले गरेका परिवर्तनलाई संस्थागत विकास गर्नका लागि स्थानीय निकायको चुनावमा अत्याधिक बहुमतले माओवादीलाई जिताउन जरुरी रहेको बताए ।

त्यसैगरी नेकपा माओवादी केन्द्रका तर्फबाट धनगढी गोदावरी नगरपालिकाका मेयरका उम्मेदवार गोकर्ण भट्टले आफुलाई नगरबासीले जिताए यस नगरपालिका बाट आफुले पाउने सेवा सुविधा सम्पूर्ण गरिव थारु चौधरीका बालबालीकाहरुको शिक्षा, स्वास्थ्यका खर्च गर्ने र आफुले एक रुपयाँ पनि नलिने बताए । राजनीतिलाई रोजगारीको रुपमा नलिई सेवाको रुपमा लिई काम गर्ने प्रतिबद्धता समेत  जाहिर गरे ।

उपमेयरका उम्मेदवार सोभा नेपाली थारुले आफुले जिते भ्रष्टाचार मुक्त नगरपालिका बनाउने बचनबद्धता व्यक्त गरिन् ।

गोदावरी नगरपालीका भित्र १२ वडा रहेका छन् । माओवादी केन्द्रले १२ आटै वडाहरुमा उमेदवार छनोट गरिसकेको छ ।

 

वार्ड नम्वर १
अध्यक्ष – शर्मानन्द भट्ट

वार्ड नम्वर २
अध्यक्ष – करन वि.क

वार्ड नम्वर –३
अध्यक्ष – नृर्प नेपाली

वार्ड नम्वर – ४
अध्यक्ष – पुष्प राज भट्ट

वार्ड नम्वर – ५
अध्यक्ष – धोके राना

वार्ड नम्वर – ६
अध्यक्ष – हरी फुलारा

वार्ड नम्वर – ७
अध्यक्ष – खडक ओली

वार्ड नम्वर – ८
अध्यक्ष – हरीस प्रसाद चौधरी

वार्ड नम्वर – ९
अध्यक्ष – मान बहादुर विक

वार्ड नम्वर – १०
अध्यक्ष – झंर कोली

वार्ड नम्वर – ११
अध्यक्ष – विरकेश सुनार

वार्ड नम्वर – १२
अध्यक्ष – हर्ष वि.क

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.