शिवालय गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

जेठ २, जेठ । जाजरकोटको शिवालय गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्ष सहित विजय हासिल गरेको छ ।

भर्खरै सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार शिवालय गाउँपालिका अध्यक्षमा एमालेका नरेन्द्रकुमार शाही २०७३ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खड्गबहादुर बिसीले १८३३ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपाध्यक्षमा पनि एमालेकै कुमारी थापो २०६३ मतका साथ विजय हासिल गरेकी छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी गीताकुमारी शाहीले १८१२ मत प्राप्त गरेकी छन् । जाजरकोटमा हालसम्म कुशे र शिवालय गाउँपालिकाको गणना सकिएको छ । कुशेमा नेपाली कांग्रेसले जितेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *