भरतपुर महानगरपालिकाको मतगणना महाभारको करु क्षेत्र झैं संकटमा

चितवन, १५ जेठ  । मध्यरातमा मतपत्र च्यातिएपछि भरतपुर महानगरपालिकाको मत गणना अनिश्चितकालका लागि मतगणना स्थगित गरिएको छ ।

मतगणना भइरहेको समयमा राति ११ः४४ बजे दलका प्रतिनिधिले मतपत्र च्यातेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सूचना टाँस गरी अर्को सूचना जारी नभएसम्मका लागि मतगणना स्थगित गरिएको जनाएको हो ।

मध्यरातमा मतपत्र च्यातिएपछि मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले पत्रकार सम्मेलनमा उनले भने, ‘म पिसाब फेर्न गएको बेला केही व्यक्तिहरु अनधिकृत रुपले जबर्जस्ती छिरेर मतपत्र च्याते ।’

सुरक्षाका लागि गेटमा राखिएका प्रहरीले पनि प्रवेश पास नभएको व्यक्ति आएको र आफूले रोक्दा रोक्दै जबर्जस्ती भित्र छिरेको बताएका छन् ।

मतपत्र च्यातेको भन्दै चितवन वाईसीएल जिल्ला अध्यक्ष मधु न्यौपाने र मतगणनामा बसेका माओवादी प्रतिनिधि द्रोण सिवाकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मतपत्र च्यातियो भनेपछि बाहिर रहेका दलका कार्यकर्ता नाराबाजी गर्दै मतगणना स्थलतर्फ गएपछि प्रहरीले लाँठीचार्ज गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *