मन्त्री छान्न माओवादी र कांग्रेस छलफलमा

काठमाडौं, २४ जेठ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको नेतृत्वमा बन्ने सरकारमा मन्त्री छान्न माओवादी केन्द्रको हेडक्वार्टर बैठक जारी छ । बैठकमा कसको नेतृत्वमा को कोलाई पठाउने भन्ने विषयमा सहमति जुटेको छैन ।

कांग्रेस नेता मिन बिश्वकर्माका अनुसार पदाधिकारी बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल, नेता गोपालमान श्रेष्ठ, शसांक कोइराला लगायत सहभागि छन् ।
कांग्रेस उच्च श्रोतका प्रधानमन्त्री देउवाले पहिलो चरणमा सरकारमा कांग्रेसबाट २ जनामात्रै मन्त्रि सहभागि गराउने छन् । यद्यपी नेता ज्ञानेन्द्रबहादुर कार्की, महेश आचार्य र गोपालमान श्रेष्ठको नाम चर्चामा आएपनि उनिहरुलाई कुनकुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने निर्णय पदाधिकारी बैठकले नै निर्णय गर्नेछ । श्रोतका अनुसार आचार्यले अर्थ र कार्कीले भौतिक योजना मन्त्रालय पाउने सम्भावना रहेको बताइएको छ । तर, कार्कीले भौतिक योजना भन्दा अर्थ चाहेको आफुनिकटकालाई बताउने गरेका छन् । उता गोपालमानलाई भने उपप्रधानसहित कुनै एक मन्त्रालय दिने देउवाको तयारी रहेको छ ।

माओवादी केन्द्रभित्र जनार्दन शर्मालाई गृह मन्त्री दिने विषयमा धेरैको मत भएपनि कसको नेतृत्वमा सरकारमा जाने भन्ने विषयमा भने सहमति जुट्न सकेको छैन । अर्कोतर्फ कर्णाली र सुदुरपश्चिमका सांसदहरुले समेत आफ्नो प्रतिनिधित्व हुनुपर्ने अडान राखेका छन् । कतिपयले महरालाई नै पार्टीको नेतृत्व दिएर उपप्रधानमन्त्री र परराष्ट्रको जिम्मा दिनुपर्ने बताएका छन् । पार्टीभित्र टोपबहादुर रायमाझीले समेत आफूलाई नेतृत्व दिनुपर्ने विषयमा दावी गरेको श्रोतले बतायो ।

मधेशबाट प्रभु साहको दावी यथावत नै रहेको देखिन्छ भने पार्टीभित्र नारायणकाजी प्रकाशले आफ्नो समूहको दावी कायम राखेको छ । सरकारमा पार्टीको नेतृत्व पाए गिरिराजमणी पोखरेल र नभए एक जना महिला मन्त्रीको दावी प्रकाशले गरेको बुझिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.