उपप्रधान तथा परराष्ट्रमन्त्री महरा, शर्मा गृहमन्त्री

काठमाडौं ,२४ जेठ। कृष्णबहादुर महराको नेतृत्वमा माओवादी केन्द्र शेरबहादुर देउवा सरकारमा सहभागी हुने भएको छ । उनी उपप्रधान तथा परराष्ट्रमन्त्री हुनेछन् भने जनार्दन शर्मा प्रभाकरलाई गृहमन्त्री बन्ने भएका छन् ।

माओवादी केन्द्रीय कार्यालय बैठकले महरालाई उपप्रधान र परराष्ट्र, जनार्दन शर्मालाई गृह र प्रभू साहलाई बिनाविभागीय मन्त्रीमा पठाउने निर्णय गरेको प्रवक्ता पम्फा भूसालले जानकारी दिइन् । यसअघि पुष्पकमल दाहाल नेतृत्वको सरकारमा महरा उपप्रधान तथा अर्थमन्त्री थिए भने शर्माले उर्जामन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।
माओवादी बैठकमा प्रभु साहलाई विना विभागीय मन्त्री बनाउने छलफल भएको थियो । तर, सरकारको नेतृत्वकर्ता दल कांग्रेससाग छलफल नभएकाले निर्णय भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *