सरकारको मनपरी, फरार सूचीमा रहेका हत्या आरोपीलाई एक करोड ७४ लाख क्षतिपूर्ति

३ असार, काठमाडौं । थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा ९ जनाको ज्यान जाने गरी भएको घटनाका आरोपितलाई सरकारले ‘क्षतिपूर्ति’ रकम बाँडेको छ ।

प्रहरीको फरार सूचीमा रहेका रेशम चौधरीलाई सरकारले घटनाबाट पीडित भन्दै उल्टै क्षतिपूर्तिबापत एक करोड ७४ लाख उपलब्ध गराएको आजको नागरिक दैनिकमा खबर छ ।
सोही घटनाका पीडितका नाममा सांसद् जनक चौधरीले ५० लाख १२ हजार ८ सय पाएका छन् ।चौधरीको क्षतिपूर्ति बुझ्न उनका बाबु लालवीर चौधरी आएका थिए ।

मन्त्रिपरिषद्ले विशेष निर्णय गरेर रेशमलाई राहत दिएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *