प्रचण्डलाई माओवादी नेताको प्रस्ताव- गोलाकारले झुक्यायो, चुनाव चिन्ह फेरौं

९ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा एकजना पूर्व सभासदले पार्टीको चुनाव चिन्ह गोलाकारभित्रको हँसिया हथौडा फेर्न पार्टी नेतृत्वलाई सार्वजनिक आह्वान गरेका छन् ।

दोस्रो चरणको स्थानीय चुनावमा पार्टी जिताउन देश दौडाहामा निस्किएका माओवादी अध्यक्ष प्रचण्डलाई चुनाव चिन्ह फेर्न आग्रह गरिएको हो ।

माओवादीका पूर्व सभासद तथा रामेछापका नेता तारानारायण श्रेष्ठले फेसबुक मार्फत प्रचण्डलाई चुनाव चिन्ह फेर्न आग्रह गरेका हुन् । श्रेष्ठ पहिलो चरणको स्थानीय निर्वाचनमा मन्थली नगरपालिकाको मेयरमा पराजित भएका थिए ।

श्रेष्ठले प्रचण्डलाई भनेका छन्- कमरेड अध्यक्ष तपाई पार्टीलाई जिताउन अति दौडधूपमा हुनुहुन्छ । हामीले रामेछापमा पार्टीको चुनाव चिन्ह चिनाउन नसक्दा १२ ठाउँभन्दा बढी स्थानमा चुनाव हार्‍यौं । त्यसैले चुनाव चिन्ह फेरौं, पार्टीलाई भलो हुन्छ ।

अनलाइनखबरमा समचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.