कञ्चनपुरमा मदिराको कारोबारमा पूर्ण प्रतिबन्ध

९ असार, कञ्चनपुर । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कञ्चनपुरमा मदिरा बिक्री वितरण, सेवन र ओसारपसारमा पूर्णरुपमा प्रतिबन्ध लगाइएको छ ।

निर्वाचनमा हन सक्ने अवाञ्छित क्रियाकलाप रोक्नका लागि मदिराको कारोबारमा प्रतिबन्ध लगाइएको हो ।

असार ८ देखि १८ गतेसम्म मदिराको कारोबारमा पूर्ण प्रतिबन्ध लगाउने जिल्लास्थित सर्वदलीय बैठकले निर्णय गरेको प्रहरी नायब उपरीक्षक भरत दाहालले बताए ।

यस अवधिमा मदिराको बिक्री वितरण, ओसारपसार र सेवन गरेको पाइए कानुन बमोजिम हदैसम्मको कारबाही हुने दाहालले बताए ।

सार्वजनिक सूचना जारी गरी मदिराको सेवन, बिक्री वितरण र ओसारपसारमा प्रतिबन्ध लगाइएको प्रहरी नायब उपरीक्षक दाहालले जानकारी दिए ।

६६  मतदानस्थल अतिसंवेदनशील

अनलाइनखबर

यसैवीच, कञ्चनपुरका ६६ वटा मतदानस्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ ।

जिल्ला सुरक्षा समितिले भारतसँग सीमा जोडिएका मतदानस्थललाई अतिसंवेदनशील क्षेत्रको सूचीमा राखी सुरक्षा व्यवस्थालाई भरपर्दो बनाएको हो ।

सुरक्षाका दृष्टिकोणले मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरी त्यसैअनुरुप सुरक्षाको व्यवस्था मिलाइएको प्रहरी नायब उपरीक्षक दाहालले बताए ।

उनकाअनुसार १३२ मतदानस्थलमध्ये ६६ लाई अतिसंवेदनशील, २६ लाई संवेदनशील र ४० लाई सामान्यको सूचीमा राखिएको छ ।

‘भारतसँग सीमा जोडिएका महाकाली नगरपालिका, बेलडाँडी गाउँपालिका, भीमदत्तनगरपालिका, बेलौरी र पुनर्वास नगरपालिका क्षेत्रका अधिकांश मतदानस्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ’ उनले भने ।

आपराधिक गतविधि हुन सक्ने सुरक्षाको दृष्टिकोणले महत्वपूर्ण मानिएका मतदानस्थल संवेदनशील क्षेत्रका रुपमा रहेका छन् ।

मतदानस्थलको सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त बनाउनका लागि तीन तहको सुरक्षा घेराको निर्माणको योजना अघि सारिएको छ ।

जस्मा मतदानस्थलको भित्री घेरामा नेपाल प्रहरी, म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनालाई खटाइने व्यवस्था गरिएको छ ।

प्रहरी नायब उपरीक्षक दाहालका अनुसार मतदानस्थलको सुरक्षाका लागि तीन हजार सुरक्षाकर्मी तैनाथ गरिने र त्यसका लागि एक हजार बढी म्यादी प्रहरी रहने छन् ।

थप सुरक्षाकर्मीको टोलीलाई मतदान केन्द्र र नेपाल–भारत सीमा क्षेत्रमा गस्तीका लागि प्रभावकारी रुपमा परिचालन गरिने उनले बताए ।

अनलाइनखबरमा समचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.