गृहमन्त्रीले गरे डिएसपी निलम्बन

काठमाडौं -गृहमन्त्री जनार्दन शर्माको निर्देशन पछि डीएसपी सन्जिव शर्मा दास पदबाट निलम्बित भएका छन् । बुधबार प्रहरी मुख्यालयले दासलाई निलम्बन गरेको प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले जानकारी दिए ।

गृहमन्त्रीले सामाजिक संजाल फेसवुकमा लेखेका छन्, सामाजिक संजाल तथा सञ्चार माध्यमले डीएसपी सन्जिव शर्मा दासबारे उठाउनु भएको प्रश्नले बढुवा गर्दा भएको त्रुटिपूर्ण निर्णय सच्याउन मद्दत पुग्यो । सबैमा हार्दिक धन्यवाद ।सन्जिव शर्मा बारे थप अनुशन्धान गर्ने गरि निलम्बन गर्न निर्देशन दिएको जानकारी गराउछु ।’

रामेछाप लिखु गाउँपालिका २ सैपुकी १४ बर्षीया सुन्तली तामाङ हत्याकाण्डको अभियुक्तलाई भगाउन भूमिका खेलेका रामेछापका तत्कालीन डिएसपी सञ्जीव शर्मा दासलाई विभागीय कारबाहीको सिफारिस गरेको भए पनि प्रहरी प्रधान कार्यालयले एसपीमा बढुवा गर्न सिफारिस गरेको थियो । त्यसपछि गृहमन्त्रीको आलोचना भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *