बल्झिएको रोग

 

तिमी रूघाखोकी हो र?

केही दिन सताएर,

साथ छाडी जाने,

अरूमै रमाएर कहिल्यै नफर्किने।

तिमी म भित्रै सिर्जित क्यान्सर,

छैन कुनै उपचार,

पलपल कणकणमा फैलिँदैछौ,

छैन कुनै छेकवार।

तिमी मेरो रगतमा रमाएकी एचअाइभी एड्स

लागेपछि ज्यानै लिन्छौ,

तर, नमरुन्जेल साथ पनि त हुन्छौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *