ईन्टरनेशनल च्याम्पियन्स कपमा रोमा र वार्यन बिजयी

काठमाडौं, ११ साउन ।   ईन्टरनेशनल च्याम्पियन्स कप फुटबलको पछिल्ला खेलमा रोमा र वार्यन म्युनिख बिजयी भएका छन् । रोमाले टटनह्याम र वार्यनले चेल्सीलाई समान ३–२ गोल अन्तरले हराएका हुन ।

न्यु जर्सीमा आज बिहान भएको खेलमा रोमाले टटनह्याममाथी संर्घषपुर्ण जित हात पारेको हो । पहिलो हाफमा १–० को अग्रता बनाएको रोमाले दोस्रो हाफमा २ गोल थपेको थियो । तर खेलको अन्तिम ३ मिनेटमा टटनह्यामले २ गोल गर्दै खेलमा फर्कने प्रयास गरेको थियो ।

दोस्रो हाफमा आक्रामक बनेको टटनह्यामले पाएका केहि अवसर सदुपयोग गर्न नसक्दा अंक गुमाएको हो ।  प्रतियोगीता अन्र्तगत गएराती भएको खेलमा ईङलिस क्लब चेल्सी जर्मन क्लब वार्यन म्युनिखसंग समान ३–२ गोल अन्तरले स्तब्ध भयो । वार्यनको जितमा थोमस मुलरले २ तथा राफिन्हाले १ गोल गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.