साझा र विवेकशीलबीच एकता घोषणा, मुख्य भुमिकामा को – को

विवेकशील नेपाली पार्टी र साझा पार्टीबीच बुधबार पार्टी एकता भएको छ । आज काठमाडौमा आयोजित कार्यक्रममा दुवैपार्टीबीच एकीकरणको घोषणा गरिएको हो । एकीकृत पार्टीको नाम बिबेकशील साझा पार्टी राखिएको छ । भने चुनाव चिन्ह तराजु राखिएको छ ।

साझा पार्टी र विवेकशीलको पार्टी एकताले नयाँ विकल्प तयार भएको नेताहरुले दाबी गरे । एकता घोषणा कार्यक्रममा सहसंयोजक मिश्रले अहिलेका नेताहरु लडाई लडेको र उनीहरुको योगदानको कदर गर्ने तर, सम्बृद्धिको नेतृत्व गर्न नसक्ने बताए । उनले भने, ‘उहाँहरुले सम्बृद्धिको लडाई अगाडि लैजान सक्नु हुन्न ।’

नयाँ पार्टीको ३४ सदस्यीय केन्द्रीय समिति बनाइएको छ भने प्रत्येक प्रदेशबाट एकएक जना थपिने र महाधिबेसनसम्म  ५१ सदस्यीय केन्द्रीय कमिटि बनाइने एकीकृत पार्टीले जनाएको छ ।

भुमिकामा को – को

नयाँ पार्टीको ३४ सदस्यीय केन्द्रीय समिति बनाइएको छ  ।  नयाँ पाटीका केन्द्रीय सदस्यहरुमा क्रमश रविन्द्र मिश्र, उज्जल बहादुर थापा,अनुसा थापा, गोविन्दनारायण तिमल्सिना, निरुपमा यादव, मुमाराम खनाल, रमेश पौड्याल सुर्यराज आचार्य, अव्दुस मियाँ, अर्जुनसिंह ठकुरी, उमेद पुन, ओम अर्याल, किरणकृष्ण श्रेष्ठ, किशोर थापा रहेका छन् । त्यस्तै अन्य  सदस्यहरुमा जीवन श्रेष्ठ, दिनेश प्रसाई, प्रकासचन्द्र परियार,पुकार बम, मानवी पौडेल, रञ्जु दर्शना न्यौपाने, रमेश महर्जन राम शाह, रेशु अर्याल, शशीविक्रम कार्की, सोभा शाक्य, सरोज धिताल, साधना राई सुवुना बस्नेत, सोभिता परियार र ज्ञानेन्द्र निरौला रहेका छन् ।  चारजना सदस्य भने पछि चयन गरिने सो पार्टीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.