शिक्षक सेवा आयोगको परीक्षा तोकिएकै मितिमा हुने

काठमाडाँैं,१७ साउन ।  शिक्षक सेवा आयोगले स्थायी शिक्षकका लागि तोकिएकै मितिमा परीक्षा हुने भएकोछ ।  आयोगका अध्यक्ष ताना गौतमले मिति सार्न नसकिने भन्दै आगामी भदौ ३ गते परीक्षा हुने बताउनुभयो ।

उनीहरुले परीक्षामा उतीर्ण भए स्थायी प्रक्रिया नभए उपदानको व्यबस्था हुनुपर्ने माग गरेका छन् । शिक्षा मन्त्रालयले परीक्षामा अनुतीर्ण हुने अस्थायी शिक्षकका लागि पनि उपदानको व्यवस्था गर्न पहल भइरहेको जनाएको छ ।

अस्थायी शिक्षकले भने आफ्ना माग समावेश गरी शिक्षा ऐन संशोधन नगरेसम्म परीक्षामा भाग नलिने अडान राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.