निर्वाचन आयोगको निर्णण भरतपुर २० गते शुक्रबार चुनाव गर्ने निर्णय

चितवन,१७ साउन  ।  भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा  शुक्रबार साउन २० गते मतदान हुने भएको छ ।  निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार बसेको सर्वदलीय बैठकबाट निर्वाचन मिति तोकिएको हो । निर्वाचनको लागि आजैबाट शून्य समय सुरु भएको छ । शून्य समयमा चुनाव प्रचार प्रसार गर्न पाइँदैन ।

सर्वोच्च अदालतले आइतबार पुन निर्वाचन गराउन आदेश दिएपछि निर्वाचन आयोगले भरतपुर महानगरपालिका वडा नम्बर १९ मा निर्वाचनको मिति तोक्न सोमबार चितवनका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेलाई निर्देशन दिएको थियो ।

हिलो चरणको स्थानीय चुनावमा वडानम्बर १९ को मतगणना हुँदैगर्दा मतपत्र च्यातिएपछि पुनः चुनाव गर्न लागिएको हो । पुनः चुनाव गराउने यसअघिको निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो । तर, सर्वोच्चले आइतबार सदर आयोगको निर्णयलाई सदर गरेपछि निर्वाचन अधिकृतको कार्यालयले पुनः निर्वाचन गराउन लागेको हो ।

भरतपुर महानगरपालिकाको मेयरमा एमालेका देवी ज्ञवाली र कांग्रेस-माओवादी गठबन्धनबाट माओवादी उम्मेदवार रेणु दाहाल प्रतिस्पर्धामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *