भरतपुरको ताजा अपडेट : १२४८ मत खस्यो

भरतपुर, २० ।  चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा स्थानीय तह निर्वाचनको पुनः मतदानको पछिल्लो जानकारी अनुसार अहिले विहान ११ बजेसम्ममा १२ सय ४८ मत खसेको छ ।

भरतपुर १९ मा जम्मा ४ हजार ७ सय ९७ मतदाता रहेका छन् । त्यस्तै किरण अमर जङ्ग मा‍. वि. मा अहिलेसम्म पाँच सय ६० मत खसेको निर्वाचन अधिकृतलाई उद्धृत गर्दै स्थानीय पत्रकारले जानकारी दिएका छन् ।

भरतपुरको मेयरमा नेपाली कांग्रेस र माओवादी केन्द्रका रेणु दाहाल र नेकपा एमालेका देवी ज्ञवालीबीच प्रतिस्पर्धा छ ।

मतदानका लागि सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ भने भरतपुर–१९ मा तीनओटा मतदानस्थलमा ६ ओटा मतदान केन्द्र कायम गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.