देवी र रेणुको मतान्तर ४

काठमाडौं– भरतपुर महानगरपालिकाको मतगणना     जारी छ । २० नम्बर वडाको मतगणना जारी रहँदा  देवी ज्ञवालीले  मात्र  ४ मतले अग्रता लिएका छन् । यो १२ सय मत गन्दाको नतिजा हो ।
भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ ।

बैशाख ३१मा भएको भरतपुरको चुनावपछि मतगणनाका क्रममा माओवादी कार्याकर्ताले १९ नम्बर वडाकाे मतपत्र च्यातेपछि फेरि मतदान गरेर मतगणना भइरहेको हो ।

अब २० नम्बर वडाको करिब १७ सय मत गन्न मात्रै बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *