भरतपुर महानगरपालिकामा रेणु दाहाल विजयी

चितवन, २१ साउन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेणु दाहाल विजयी भएकी छन् ।
मतगणना सकिएको छ ।

एमालेका देवी ज्ञवाली भन्दा २ सय ३५ मत बढी प्राप्त गरी रेणु मेयरमा निर्वाचित भएकी हुन् । निर्वाचन कार्यालयले औपचारिक घोषणा भने गरिसकेको छैन ।

भरतपुर महानगरपालिकामा कांग्रेस माओवादी गठबन्धनबाट प्रचण्डपुत्री रेणु चुनावी मैदानमा थिइन् । उपमेयरमा पनि कांग्रेस माओवादी गठबन्धनबाट कांग्रेसकी पार्वती शाह निर्वाचित भएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *