पूर्णमान स्मृति टेवलटेनिसमा राष्ट्रिय च्याम्पियन स्यान्टू पराजित

काठमाडौं । पूर्णमान स्मृति खुला राष्ट्रिय टेवलटेनिसको उपाधि नेपाल एपिएफ क्लवका पुरुषोत्तम बज्राचार्यले जितेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेवलटेनिस प्रशिक्षण केन्द्रको हलमा शनिबार भएको फाइनलमा राष्ट्रिय च्याम्पियन नेपाल पुलिसका स्यान्टू श्रेष्ठलाई हराउँदै पुरुषोत्तम च्याम्पियन बनेका हुन् ।

प्रतिस्पर्धात्मक फाइनलमा पुरुषोत्तमले ४-२ को सेटमा जित निकालेका हुन् । पहिलो सेट ७-११ ले गुमाएका पुरुषोत्तमले दोस्रो सेट ११-९ ले आफ्नो पक्षमा पारे । तर तेस्रो सेटमा स्यान्टूले पुनरामगन गर्दै १२-१०ले जिते । तर त्यसपछिका तीन सेटमा भेट्रान टीटी खेलाडी पुरुषोत्तम हावी भए ।

उनले बाँकी तीन सेटमा लगातार ११-९, ११-९ र ११-८ ले आफ्नो पक्षमा पारे । सेमिफाइनलमा स्यान्टूले एपिएफका अमरलाल मल्ल र पुरुषोत्तमले नेपाल पुलिसका दीप साउनलाई हराउँदै उपाधि भीडण्त तय गरेका थिए ।

उपाधि बिजेता पुरुषोत्तमले १५ हजार र उपविजेता स्यान्टूले १० हजार पुरस्कार पाए । दुई सेमिफाइनलिष्टले ५/५ हजा पुरस्कार पाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *