झलनाथ खनाल एकाएक मलिन मुद्रामा देखिए

झापा । नेकपा एमालेका नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले भरतपुरमा लोकतन्त्रले हारेको टिप्पणी गरेका छन् । सिङ्गो राज्यसत्ता लागेर माओवादी-कांग्रेसको गठबन्धनलाई जिताएको भन्दै उनले यसपटक भरतपुरमा लोकतन्त्रले हारेको बताएका हुन् ।

गृह जिल्ला इलाम जाने क्रममा सोमबार झापाको बिर्तामोडमा प्रेस चौतारीले गरेको साक्षात्कारमा बोल्दै नेता खनालले भने, ‘मतपत्र च्यातेर दोहोरो निर्वाचन गराउनु नै षड्यन्त्र हो । यसपटक त्यहाँ लोकतन्त्रले हारेको छ ।’

‘लोकतन्त्रले हारे पनि नेपाली जनताले हारेका छैनन्’, खनालले थपे, ‘एमाले लोकतन्त्रको रक्षार्थ सधैँ तल्लीन रहन्छ ।’ भरतपुरको वडा नं. १९ मा यसअघि नै आफूहरुले जितिसकेको भन्दै उनले मतपत्र च्यातेर जनतालाई खल्बल्याउने काम भएको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.