संसदमा संविधान संशोधन प्रस्तावमाथि छलफल हुने

काठमाडौं,४ भाद्र ।  व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । अपरान्ह १ बजे बस्ने बैठकमा संविधान संशोधन प्रस्तावमाथि छलफल हुने बताइएको छ ।

गत बुधबार संसदमा प्रस्तुत गरिएको संशोधन प्रस्तावमाथि परेका ४९ संशोधनकर्ताले धारणा राख्न बाँकी छ । ५० संशोधनमध्ये एक संशोधनकर्ताले धारणा राखिसकेका छन् ।

संशोधन प्रस्तावमाथि मतदान भने भोलि हुने बताइएको छ ।  भाषा, नागरिकता, राष्ट्रिय सभा, सीमांकन सम्बन्धमा छलफल हुने बताइएको छ । राष्ट्रिय जनता पार्टी नेपालले स्थानीय तहको चुनावमा जानुअघि संविधान संशोधन गर्नुपर्ने माग राखेपछि सत्तारुढ दल कंग्रेस र माओवादी केन्द्र संशोधन प्रक्रिया अघि बढाउन तयार भएका हुन् ।

संविधान संशोधनमा दुई तिहाई मत पुग्ने आशमा सत्तारुढ दलले संशोधन प्रक्रिया अघि बढाएका हुन् । संसदमा रहेका ५ सय ९२ सांसदमध्ये संविधान संशोधन पारित हुन दुईतिहाइ अर्थात ३ सय ९५ मत आवश्यक पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.