राप्रपाको संविधान संशोधनको विपक्षमा मतदान गर्ने निर्णय

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संविधान संशोधन विधेयकको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

प्रमुख विपक्षी एमालेले पटकपटक विपक्षी मोर्चामा ल्याउन पहल गर्दा राप्रपाले संशोधन विधेयकमा नैतिक प्रतिवद्धता जनाइसकेको भन्दै अस्वीकार गर्दै आएको थियो । तर, पार्टीमा आएको फुटपछि हेटौंडामा बसेको कमल थापा नेतृत्वको राप्रपाले संशोधन विधेयकको विपक्षमा उभिने निर्णय गरेको छ ।

राप्रपाले संशोधन विधेयकले विपक्ष उभिनेमा निर्णय लिनुको कारण यसले मधेसको समस्या समाधान गर्न नसक्ने, मधेस केन्द्रीत दलहरु चुनावमा आउने भइरहेको तथा हिन्दु राष्ट्रबारे आफूहरुले राखेको संशोधन अघि नबढाएको तर्क तर्क गरेको छ ।

तर, नेताहरुका अनुसार मुख्य कारण पार्टी फुट नै हो । राप्रपा नेतृत्वले आफ्नो पार्टीमा आएको फुटमा सरकारको पनि भूमिका रहेको आरोप लगाएका छन् ।

त्यसको बदला स्वरुप संशोधनको विपक्षमा उभिने निर्णय भएको स्रोतको दाबी छ । संविधान संशोधन विधेयकमाथि व्यवस्थापिका संसदमा दफावार छलफल चलिरहेको छ । र, भोलि निर्णयार्थ पेश गर्ने तयारी छ । तर, राप्रपाले समर्थन नगर्ने भएपछि यो विधेयकको पक्षमा दुई तिहाई बहुमत नपुग्ने देखिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.