क्रान्तिकारीको सम्मेलनः उपमेयरदेखि राज कुमार सम्म

राजकुमार याक्सो १३ भदौ, काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २१ औं राष्ट्रिय सम्मेलनमा उम्मेदवारहरुको प्रारम्भिक नामावली सार्बजनिक भएको छ । माओवादीकै इतिहासमा पहिलोपटक अखिल क्रान्तिकारीको नेतृत्व निर्वाचनमार्फत् चयन गरिँदैछ । चुनावबाट चुनिने ३१ सदस्यीय पदाधिकारीको लागि २०२ जनाको उम्मेदवारी परेको छ ।

३३ सदस्यीय पदाधिकारीमा ३१ जना निर्वाचनबाट चुनिन्छन् भने एक उपाध्यक्ष र एक उपमहासचिव मनोनित गरिन्छ । अध्यक्ष पदमा अनिल शर्मा, मदन अर्याल र रञ्जित तामाङको उम्मेदवारी परेको छ ।

त्यस्तै जनजाती कोटाबाट राज कुमार याक्सो केन्द्रिय सचिब (समावेशी /जनजाति ) पदमा भिडदै छन । उनीसंग गरिएको संक्षिप्त्त कुराकानीको अंश

तपाई क्रान्तिकारीको केन्द्रिय सचिव पदमा उमेदवारी दिदै हुनुहुन्छ किन ?

म तपाई लाई धेरै भाषण नगरिकन संच्छिप्त बुदाहरुमा भन्छु । मेरो उमेदवारी समग्र शैक्षिक आन्दोलनलाई उन्नतिको बाटोमा हिडाउनको लागि दलाली करण र माफियाहरुको अन्त गर्नको लागि हुनेछ ।

दोस्रो – निजिकरणलाई हटाउन

तेस्रो – सामाजवादी शिक्षाका कार्यभार पुरा गर्न

चौथौ – दिशा हिन्तामा गईरहेको शिक्षा प्रणाली लाई व्यवस्थित बनाउन ।

पाचौं – शैक्षिक अग्रगामि बैज्ञानिक शिक्षाको पहुँच बढाउन ।

तपाई कस्तो परिवारमा हुर्किनु भयो ?

म एउटा किसान जनजातीको छोरा हुँ । बुवा आमले खेतिपाति गरेर कमाएको पैसाले घर घन्दा चल्छ । म पनि खेति किसानि गर्छु, फुर्सद भएका बेला आमा बुवालाई सघाउछु । अरु आर्थिक उपार्जनको माध्यम केहि छैन । सबै श्रम संगठनमा छ । संगठनको लागि काम गरिरहको छु । अन्त्यमा म सबैलाई के अपिल गर्दछु भने अखिल क्रान्तिकारीका सम्पुर्ण सुभचिन्तक प्रतिनिधि,आयआयोजक लाई एउटा गरिव जनजातिको छोरा जो तपाईहरुको सुःख, दुःख र कठिन परिस्थितिमा पनि तपाईहरुको साथमा हुने प्रणगर्दछु । भोली निर्वाचन हुदैछ । तपाईहरुको माया र साथ पाउनेछु भन्नेमा विश्वतछु । अत्यधिक बहुमतले विजयी गराउनु हुनेछ भन्ने आशा लिएकोछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.