एसिसी यु–१९ : नेपालद्वारा थाइल्यान्डलाई २८२ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । एसीसी यू-१९ इस्र्टन रिजन प्रतियोगितामा नेपालले अनिलकुमार शाहको उत्कृष्ट पारीसँगै थाइल्याण्डसामू २८२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मलेसियामा जारी प्रतियोगितामा नेपालले पहिलो ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ८१ रन बनाएको हो ।

थाइल्याण्डको यू–१९ टोलीले टस जितेर नेपालको यू–१९ टोलीलाई पहिलो ब्याटटिङको निम्तो दिएको थियो ।

नेपालका दुवै ओपनर मिलेर राम्रो शुरुवात दिएका थिए । महोमहद आसिफ शेख २१ रन बनाएर आउट हुनअघि उनीहरुले ८ ओभरमा ३४ रन बनाए ।

त्यसपछि अनिल कुमार शाह र ओपनर सन्दीप सुनार मिलेर नेपालको पारीलाई अघि बढाए । सुनार ५७ बलबाट ३२ रन बनाएर आउट भएपछि शाहले कप्तान दीपेन्द्र सिंह ऐरीसँग मिलेर अर्धशतकीय साझेदारी गरे ।

उत्कृष्ट ब्याटिङ गरेका साह मात्र ९ रनले शतक बनाउनबाट चुके । उनले मात्र ७४ बलमा ६ चौका र ५ छक्काको मद्दतले ९१ रन बनाए ।

कप्तान ऐरीले २२ रनको योगदान दिए । साह आउट भएपछि प्रनित थापा मगरले नेपालको पारीलाई अघि बढाए । .५० रन बनाएर आउट हुनअघि उनले २८ रन बनाएका रोहित कुमार पौडेलसँग राम्रो साझेदारी गरे । थाइल्याण्ड अब नेपालको लक्ष्य पछ्याउन मैदानमा उत्रनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *