यो बर्षकै सर्वाधिक राशि, एकलाख बराबरको बिसिए कप बझाङमा हुदै

बझाङ, २६ भदौ – दशै तथा तिहारको अवसर पारेर बझाङ जिल्लाको बुङगल क्षेत्रमा एकलाख राशीको बुङगल क्रिकेट कप बिसिए कप २०७४ हुने भएको छ । बुङगल क्रिकेट एसोसिएसनले बैधानिकता पाए पछि धौलीदेवि स्मीर्ति समाजको प्रयाजनमा खुल्ला क्रिकेट प्रतियोगित हुनेभएको हो । एसोसिएसनले यहि असोज २८ देखि कार्तिक १ गते सम्म विसिए क्रिकेट कप २०७४ को आयोजना गर्ने भएको छ ।

पछिल्ला समयमा क्रिकेट प्रतिको मोह बढदै गएको बेला नयाँ आगन्तुक खेल प्रमीहरुलाई सुनौलौ भविश्यको बाटो निमार्ण गर्ने यो बषैको सर्वाधिक राशि भएको कप राखिएको संस्थाका संस्थापक आर विक्रम सिंह ओखेडा जानकारी दिए ।

यो प्रतियोगिता  जिल्लाकै उत्कृष्ट प्रतियोगिता सावित हुने आयोजकले दावी गरेको छ । प्रतियोगिताको तयारी अन्तीम चरणमा रहेको आयोजकले जनाएको छ । बुङगल नगरपालिकाको त्रिवेणी बहुमुखि क्याम्पस विजगडाको खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा देश भरिका क्षेत्रिय तथा राष्ट्रिय स्तरका खेलाडि सामेल टिमले पनि सहभागिता जनाउन सक्ने भएका छन् ।

प्रतियोगिताका विजेताले नगद रु १ लाख र उपविजेताले ५० हजार नगद तथा प्रमाण पत्र प्राप्त गर्ने भएका छन् । ट्वान्टी–२० संरचनामा हुने प्रतियोगिता नकआउटका आधारमा खेलाइनेछ । प्रतियोगितामा म्यान अफ द म्याच, बेस्ट बलर, बेस्ट ब्याटसम्यान वेस्ट फिल्डर र म्यान अफ द सिरिज ले पनि नगद हात पार्ने भएका छन् ।

बुङगल क्रिकेट एसोसिएसनका संस्थापकमा नरेश बहादुर कुवर, आर विक्रम सिंह ओखेडा रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *