कल्पना रेग्मीको दशैं गीत फोन मा रुदै नभन न” सार्बजनीक

नेपाली सांगीतिक जगतका नेपाली चाडपर्वको महत्वलाई झल्काउदै आफ्नो पिर र वेदनालाई समेटेर बजारमा आफनो नयाँ एलबम आउने क्रम जारी रहेको छ । यस्तै नेपाली हरुको महान पर्वलाई लक्षित गरेर तिर्सना म्युजिक प्रालिको प्रस्तुतिमा  गायक कुलेंद्र बिक र गायिका पूर्णकला बिसी को आवाज मा रहेको यो गीत   “फोनमा रुदै नभन न  ” भखरै बजारमा आएको छ ।

सञ्चारकर्मी समेत रहेकि कल्पना रेग्मी को शब्द सृजना मा निकै मन छुने दशैं गीत ” फोनमा रुदै नभन न ” बजार मा आएको हो ।

एउटा लाहुरेको जिन्दगी अनी उसको पारिबारिक जिन्दगी को कल्पना गरेर बनाइएको यो गीत ले देश प्रेमी लाहुरे अनी उसकी प्यारी श्रीमती बीच दशैं ले कतिको खुशी र त्यस्तै दुख पनी ल्याको छ भन्ने संदेश दिइरहेको छ ।मखमली फुल्दा डालीमा, सक्छेउ भनी भुल्दै भुल्दै जानू ,अब देखि एक्लै हुम्ला म,,बासुरी को धुन,,लुकि लुकि भेट्न् आयेको, छुट्टी पाइन म जस्ता चर्चित् गीत हरु साथै थुप्रै तीज गीत हरु पनी कल्पना ले बजार मा ल्याइसकेकी छिन। उनको अरु सृजना लाइ झैँ यो दशैँ गीत ‘ फोनमा रुदै नभन न ” लाइ पनी पक्कै दर्शक श्रोता हरु ले रुचाइदिनु हुनेछ भन्ने उनले आशा राखेकी छिन ।

चर्चित मोडल बाबुराम बोहोरा, कल्पना रेग्मी र जिया पौडेलको अभिनयलाई उक्त गितको भिडियोमा देख्न सकिन्छ । गीत को छायांकान राजेश घिमिरेले गरेका छन् भने निर्देशन बाबुराम बोहोरा ले नै गरेका छन् । सम्पादन बिष्णु शर्माले गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *