नेपालद्वारा भुटान ९ विकेटले पराजित

काठमाडौं । एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हात पारेको छ । नेपालले भुटानलाई ९ विकेटले हराएको हो ।

पहिलो ब्याटिङ गर्दै भुटानले प्रस्तुत गरेको ५१ रनको लक्ष्य नेपालले मात्र ८.३ ओभरमा मात्र १ विकेट गुमाएर हासिल गरेको हो ।नेपाललाई जित दिलाउन मोहमद आसिफ शेखले नटआउट रहँदै २३ रन बनाए । आउट हुनअघि सन्दिप सुनारले २१ रनको योगदान दिए ।

भुटानलाई सस्तोमा समेट्न दीपेन्द्र सिंह ऐरीले ५ तथा सन्दीप लामिछानेले ४ विकेट लिए ।

पहिलो खेलमा नेपालले थाइल्याण्डलाई २ सय ५५ रनले पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *