बझाङमा भलिबल प्रतियोगिता हुदै

बझाङ, ६ असोज । दशै तिहारको अबसर पारेर बझाङ जिल्लाको बुङल क्षेत्रमा खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । स्व.(आनन्द ब. सिंह,नरेन्द्र ब.सिंह र हर्कबहादुर कुवर) को सामुहिक सम्झनामा खोलिएको यस क्लबले बिगत १बर्ष देखि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ।

ANH स्मृति क्लबले आयोजना गर्ने खुल्ला भलिबल प्रतियोगिता असोज १७ गतेदेखि संचालन हुने भएको छ। बझाङमा भलिबलको आकर्षण बढी हुँदै गर्दा आगन्तुक खेल प्रेमी हरुको सुनौलो भबिस्य तथा युवा प्रतिभालाई प्रस्फुटन गर्नको लागि आयोजना गर्न लागेको क्लबका सस्थापक नवीन ब. कार्की ले जानकारी दिए।

यो प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताएको छ । कफलसेरी मा.बि.को मैदानमा संचालन हुने यस प्रतियोगितामा बैतडी , दार्चुला ,डोटी, अछाम ,कैलाली, बझाङ ,कंचनपुर तथा सुदुर पश्चिम् भरिका क्षेत्रीय तथा राष्ट्रिय खेलाडीले सहभागिता जनाउने आयोजकले दाबी गरेका छन ।

प्रतियोगितामा बिजयी टिम ले प्रथम,द्वितीय र,तृतीयले क्रमशः नगद रु ३००००- २००००- १०००० तथा ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद रु ५००० दिने आयोजकले जनाएको छ । ANH स्मृति क्लबका सस्थापक नवीन बहादुर कार्की रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *