आज विश्व मुटु दिवस, यस्ता छन् मुटुरोगका लक्षण, कारण र बच्ने उपाय

डा . अवनीभूषण उपाध्याय

आज विश्व मुटु दिवस नेपालमा पनि विभिन्न संघ संस्थाले विभिन्न साताव्यापी कार्यक्रम गरी दिवस मनाएका छन् । महासंघको सन् २००५ को तथ्याङ्क अनुसार विश्वमा हरेक वर्ष १ करोड ७५ लाख बढी मानिसहरुले रक्तनली, पक्षघात तथा मुटुजन्य रोगका कारण ज्यान गुमाइरहेका छन् ।

हाल सो संख्या बढेर २ करोड नाघिसकेको महासंघको अनुमान छ । मुटुजन्य रोगलाई संसारकै मृत्युको प्रमुख कारण मानिन्छ । बदलिदो जीवनशैली तथा मधुमेह, अत्यधिक मोटोपन, शारीरिक निस्क्रियता तथा अत्यधिक मादक पदार्थको सेवनका कारण मुटुसम्बन्धी समस्या देखिने गरेको चिकित्सक बताउँछन् ।

मुटुरोग भन्नाले धेरैजसोले हृदयघात र हार्टफेललाई बुझ्ने गरेको पाइन्छ। कोरोनरी मटुको रोग भनेको मटुका मांशपेशीमा रगत प्रवाह गर्न कोरोनरी रक्तनलीहरू साँगुरो वा बन्द हुनाले लाग्ने रोग हो। मानिसको आकस्मिक मृत्यु धेरैजसो मुटुरोगकै कारणबाट हुन्छ।

हृयदयघात पनि एक प्रकारको कोरोनरी मुटुरोग नै हो। यो रोग विशेषगरी ४० वषर्भन्दा बढी उमेरका मानिसमा देखिन्छ। तर, आजकल यो रोग युवा उमेरका मानिसमा पनि देखिन थालेको छ। नेपालमा मुटुरोग बढ्ने क्रममा छ।

संसारमा दुई करोड मानिसको मृत्यु मुटु र पक्षघात रोगकै कारणले भइरहेको छ। बर्सेनि हुने मृत्युमध्ये ३० प्रतिशत मुटुरोगकै कारण हुने गरेको तथ्यांकले देखाउँछ।

मुटुरोगको उपचार धेरै महँगो छ। यो रोग भनेको जीवनभर औषधि खानुपर्ने रोग हो र यसको औषधि निकै महँगो छ।

विकासित देशमा मुटुरोग घट्दो क्रममा छ। तर, हाम्रोजस्तो विकासोउन्मुख देशमा भने यो रोग बढ्दो क्रममा छ। यदि हामीले यो रोग लाग्ने कारक तत्वलाई नियत्रण य¥यौं भने यो रोग घट्दै जाने विकासित मुलुकले प्रमाणित गरेका छन्।

उच्च रक्तचाप, मधुमेह, हृदयघात, कोलेस्टेरोल, युरिक एसिड आदिको समस्या निकै बढेको देखिन्छ। मुटुका धेरैजसो रोगहरु जीवनशैलीसँग सम्बन्धित छन्। आजकल जीवनशैली व्यवस्थित छैन। अव्यवस्थित जीवनशैलीको नतिजा हो मुटुरोग। आधुनिक जीवनशैली, व्यस्त जीवन, महत्वकांक्षा, भोजभतेर, कम्प्युटर, टेलिभिजन, अत्यधिक मानसिक तनाव, व्यायामको कमी आदि मुटुरोग बढ्नुका कारणहरु हुन्।

मुटुरोग बच्चादेखि  नै लाग्ने गर्छ। त्यसैले मुटुरोगबाट बच्च हामीले स्कुल जाने बच्चाहरुलाई स्वस्थ खाना खुवाउनुपर्छ। बदलिँदो जीवनशैलीका कारण हाम्रो खानपानमा पनि परिवर्त आइरहेको छ। शारीरक व्यायाम नगर्ने बानीले धेरै मानिस मुटुरोगको शिकार बनिरहेका छन्। बच्चालाई जंकफुडजस्ता खाना खुवाउनाले पछि बच्चाको बानी त्यसैमा बस्छ, जसले गर्दा उसले ठूलो भएपछि पनि त्यस्तै खाना रुचाउँछ यसले पनि मुटुरोगकै खतरा निम्त्याउने हो।

घरमै बनाएको रोटी र साग, दाल–भात, चिउरा–तरकारी नै हाम्रो स्वास्थ्यका लागि उपयोगी मानिन्छ। कामकाजी आमाबुबालाई आफ्नो बच्चाका लागि थोरै समय बचाएर आफ्नै घरमा बनाएको खाना खुवाउनु राम्रो हो।

बच्चालाई हामीले सानैदेखि स्वस्थ खानाको बानी बसाल्नु पर्छ। पछि पनि बच्चाको त्यही बानी बस्ने हुनाले ऊ निरोगी बन्नेगर्छ। ६–७ कक्षमा पढ्ने बच्चाहरु बढी वजनका हुनु भनेको त्यो सबै बाहिरको खानेकुरा र जंकफुडको प्रयोगले गर्दा हो।

आजभोलि बच्चाहरु बाहिर खेल्नकुद्नको सट्ट घरभित्रै मोबाइल, टिभी, ल्यापटप आदिमा झुम्मिएर बस्ने गर्छन्। अनि खानपान पनि सन्तुलित र स्वस्थकर हुँदैन। अन्ततः यसले हाम्रा बच्चाहरुलाई भविष्यमा मुटुरोगको जोखिमतिर लिएर जान्छ। घरैमा बुबा–आमाले रक्सी र चुरोट सेवन गर्नाले पनि बच्चालाई त्यसको असर परिरहेको हुन्छ।

मुटुरोग लाग्ने कारक तत्वहरु

– उच्च रक्तचाप,
– अत्याधिक मध्यपान वा धूमपान,
– मोटोपना,
– खानेकुरामा परिवर्तन,
– रगतमा कोलेस्टेरोल वा चिलो पदार्थ बढ्नु,
– व्ययाम नगर्नु,
– फलफूल नखानु,
– चिल्लो, तारेको खाना वा जंकफुडको अत्यधिक प्रयोग,
– वशांणुगत।
वशांणुगत मुटुरोग बाहेक अरु तत्वले लाग्ने मुटुरोगलाई भने हामीले रोक्न सक्छौं।

मुटुरोगका लक्षण

मुटुरोगका लक्षणबारे धेरैलाई चेतना नभएकै कारण मानिस ढिला गरी उपचारका लागि अस्पताल जान्छन्।

– अत्यधिक चिन्ता,
– छातीको बीच भागमा अत्यधिक पीडा हुनु ( हृदयघात हुँदा मधुमेह लागेका बिरामीलाई भने नदुख्न पनि सक्छ),
– परिश्रम गर्दा दम बढ्नु,
– खुट्टाहरू सुन्निनु,
– मुटु बेतालले धड्किनु,
– चक्कर लाग्नु,
– बेहोस हुनु,
– धाँटीको रक्तनली फुल्नु वा चल्नु,
– खुट्टा सुनिनु, जोर्नीहरू दुख्नु,

महिला र पुरुषमा छुट्टाछुट्टै लक्षण देखिने हुँदा महिलाले विशेष ध्यान दिनुपर्छ।

महिलाको छाती नदुखी, स्याँस्याँ नभई जिउ मात्र गल्यो भने त्यो मुटुरोगको लक्षण हुन सक्छ। त्यसैले वल्र्ड हेल्थ फेडरेसनले महिलाका लागि ‘गो रेड फर ओमन’ भनेको छ।

मुटुरोगबाट बच्ने उपाय
– स्वस्थ भोजन,
– अनावश्यक तनाव नलिने,
– समयमै सुत्ने,
– प्रशस्त फलफूल,
– हरियो सागसब्जी प्रसस्त खाने,
– चिनी, नुन र चिल्लो एकदम कम खाने,
– नियमित शारीरिक व्यायाम गर्ने,
– धूमपान र मध्यपान नगर्ने, आदि।

उपचार गर्ने तरिका 
– नियमित रुपमा मुटुको जाँच गरी हृदयघातको जोखिम नियन्त्रण गर्ने,
– रक्तचाप थाहा पाइराखौँ, नियमित रूपमा आफ्नो रक्तचाप जाँच गराइरहौं,
– रगतमा ग्लुकोजको मात्रा बढ्नु हृदयघात हुनसक्ने सम्भावना बढ्नु हो, त्यसैले सुगरको मात्रालाई नियन्त्रण गर्ने,
– रगतमा कोलेस्टेरोलको मात्रा जाँच गर्ने। आदि।


स्वास्थ्य खबरपत्रिका

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.