६ सय किलो चकलेटबाट बनाइयो दुर्गा भवानीको मूर्ति

अहिले दशैँको माहोल छ । दशैँमा दुर्गा मन्दिरहरुमा दुर्गा भवानीको धुमधामसँग पूजा हुन्छ ।

हिन्दु धर्माबलम्बीको महान चाड दशैँ नवरात्रको रुपमा भारतमा पनि मनाइन्छ । भारतको एउटा होटेलले चाहीँ दशैँमा दुर्गापुजाकेा नयाँ काइदा अपनाएको छ ।

भारतको कोलकातास्थित एक होटलमा ६ सय किलो चकलेटबाट ६ फिट अग्लो दूर्गाको मूर्ति तयार पारिएको छ ।

३ जना कालिगढले ५६ घण्टा लगाए उक्त मूर्ति तयार पारेका थिए । शुक्रबार नबमीसम्म उक्त होटलमा दूर्गामूर्ति दर्शनका लागि राखिने बताइएको छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.