अखिल क्रान्तिकारी द्धारा भारतीय दूतावास धेराउ

काठमाडौं, असोज १६ । सीमा रक्षक देवनारायण यादव र उनका छोरा अजयको पक्राउको विरोध गर्दै माओवादी केन्द्र निकट भातृ संगठन अखिल क्रान्तिकारी भारतीय रवैयाको कडा भर्सना गरेको छ । विना शर्त यादवलाई तत्काल स–सम्मान रिहाई गर्न पनि संगठनले अपिल गरेको छ ।

अखिल (क्रान्तिकारी) केन्द्रिय सचिव डि.वि साउदले टपलाईन खवर सँगको कुराकानीमा  सप्तरीको सीमा क्षेत्र तिलाठीमा नेपालको सीमा रक्षार्थ प्रतिरोध संघर्षको नेतृत्व गर्ने देवनारायण यादवलाई उनको छोराको व्यक्तिगत सम्बन्ध र त्यसबाट उत्पन्न प्रतिक्रियालाई बहाना बनाएर गिरफ्तार गरिनुले आम नेपालीहरुमा आक्रोश उत्पन्न भएको भन्दै एक विज्ञप्ती प्रकाशित गरेको छ ।

अध्यक्ष रञ्जित तामाङले द्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘देवनारायण स्वाभिमान र देशभक्तिका एक विम्ब सीमा रक्षक यादवलाई माफी माग्दै अविलम्ब रिहा गर्न भारतीय सरकारसँग जोडदारमाग गर्दछौं , विज्ञप्तीमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.