आन्दोलनरत डक्टरहरुले, आजदेखि हेल्मेट लगाएर उपचार गर्ने

काठमाडौं– सरकार र नेपाल चिकित्सक संघ बीच भएको सम्झौता मान्न अस्वीकार गरेका डाक्टरहरुका संगठनले आन्दोलन जारी राख्ने निर्णय गरेका छन्। आन्दोलनलार्इ एकीकृत रुपमा सञ्चालन गर्न डाक्टरहरु सगठित ११ वटा संस्थाले टास्क फोर्स समेत गठन गरेका छन्।

आफूले उठाउँदै आएको  ‘जेल विथ आउट बेल’को स्पष्ट मर्म नसमेटिएको, चिकित्सकहरुले पाउने समयानुसारको पारिश्रमिक र सुबिधाहरु समेत स्पष्ट खाका बिना गरिएका सम्झौता पनि अधुरो रहेको र आन्दोलनरत विभिन्न संघ संस्थाहरु बिच पर्याप्त छलफल नभएको भन्दै आन्दोलन जारी राखेका हुन्।

उनीहरुले संसारभर युवा पंक्तीलाई स्थापित गर्ने लहर चलिरहेको परिप्रेक्ष्यमा नेपालमा भने त्यसको ठिक विपरीत युवा चिकित्सकहरूको वृत्ती विकासमा वाधा पुग्ने गरी चिकित्सकको निवृत्ती उमेर ६५ बर्ष पुर्याउने सम्झौता गर्नुलार्इ पनि खेदपूर्ण कार्य बताएका छन्।

उनीहरुले स्वास्थ्य सेवा प्रवाहमा वाधा नपर्ने गरि आन्दोलनको स्वरुप परिवर्तन गरेका छन्। सोही अनुसार चिकित्सकहरुले कालोपट्टि बाँधेर असुरक्षाको साङ्केतिक स्वरुप “हेल्मेट” लगाई सेवा दिएर दबाब दिने भएका छन्।

डक्टर्स सोसाइटी अफ नेपाल, सरकारी चिकित्सक संघ, राष्ट्रिय चिकित्सक संघ, नेपाल डेन्टल एशोसियसन, रेजिडेन्ट एशिसएसन अफ न्याम्स, जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटी, डक्टर्स फर चेन्ज, सोलिडिराटी फर डा केसी अलायन्स, नेपाल मेडिकल स्टुडेन्ट सोसाइटी, स्वतन्त्र विद्यार्थी युनियन, महाराजगञ्ज मेडिकल क्याम्पसले आन्दोलनमा सहभागीता जनाएका छन्।

उनीहरुका माग यस्ता छन्:

१) नेपाल चिकित्सक संघसंग भएको सम्झौतामा उल्लेखित निवृत्ती उमेर बढाउने निर्णय निशर्त खारेज गरिनुपर्ने I

२) नेपाल चिकित्सक संघसंग भएका सम्झौता पालनको क्रममा गठन हुने हरेक समितिमा सरकारी र गैर सरकारी चिकित्सकहरू बाट एक एक युवा प्रतिनिधी अनिवार्य संलग्न गराइनु पर्ने (युवा भन्नाले ४० वर्ष उमेर हद पार नगरेका चिकित्सकहरू) ।

३) चिकित्सक संघ संग भएका ६५ वर्षे बाहेक अन्य सम्पुर्ण सम्झौता कार्यनवनका लागी आवश्यक ऐन  कानुन आगामी संसदको पहिलो बैठकबाट पास हुने व्यवस्था मिलाउने। (पुनस्च: बिना धरौटि जेल सम्म लिन सक्ने भन्ने बुदालाई संसोधन गरि ‘जेल विथ उट बेलनै लागु हुने गरि व्यवस्था मिलाउने)|


स्वास्थ्य खबरपत्रिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *