लिने भयो नेपाली राजनीतिले नयाँ रुप, हुने भयो माओवादी एमाले एकता

काठमाडौं– नेकपा एमाले र माओवादी केन्द्रबीचको चुनावी तालमेल र पार्टी एकताले अन्तिम स्वरुप पाएको छ ।

ललितपुरस्थित व्यापारी शारदा अधिकारीको घरमा भएको छलफलले सार्थकता पाएपछि दुबै दलका नेताहरु अनुहारमा मन्द मुस्कान छोड्दै बाहिरिएका थिए ।

पार्टी एकता र चुनावी तालमेलबारे मंगलबार अपरान्ह ५ बजे राष्ट्रिय सभागृहमा पत्रकार सम्मेलन गरी जानकारी दिँदैछन् ।

वाम एकता र चुनावी तालमेलको टुंगो लगाउदै पत्रकार सम्मेलन गरि विस्तृत जानकारी गराउने निर्णय भएको माओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *