यी अभिनेतालाई मिलेको थियो हिटलर मार्ने मौका

दास्रो विश्वयुद्ध हुनुमा जर्मन तानाशाह हिटलरलाई दोषी मानिन्छ । उक्त युद्धका कारण करोडौं मानिस मारिए । दोस्रो विश्वयुद्ध अघि एउटा यस्तो समय आएको थियो जब एकजना अभिनेतालाई हिटरलका बडीगार्डसँग बन्दुक खोसेर हिटलरको हत्या गर्ने मौका जुरेको थियो । यदि उनले त्यो काम फत्ते गरेका भए सायद दोस्रो विश्वयुद्ध हुदैनथ्यो होला ।

बेलायतमा एउटा टेलिभिजन कार्यक्रम छ – Only fools and horses tale ।  जसमा अभिनेता Lennard Pearce का बारेमा चर्चा भयो । ती अभिनेतालाई यस्तो मौका मिलेको थियो की उनले हिटरलाई गोली हान्न सक्दथे ।

Only Fools and Horses tale का एक्टर निकोलस लिन्ड्रस्टका अनुसार उनले चर्चित अभिनेता लेन्नार्ड पेयर्ससँग काम गरेका थिए । एकपटक कुराकानीकै क्रममा लेन्नार्डले निकोलस सँग एउटा गोप्य कुरा खोले ।

लेन्नार्डका अनुसार सन् १९३० मा जर्मनीमा एक चर्चित नाटक मन्चन कार्यक्रम भयो । उक्त कार्यक्रम हेर्नका लागि नाजीका उच्च नेताहरु आए र स्वयं हिटलर पनि आएका थिए । हिटलरलाई नाटक यति मन पर्यो की उनी स्वयं लेन्नार्डलाई भेट्न गए र हाल मिलाए । लेन्नार्डका अनुसार यदि हिटलरले दोश्रो विश्वयुद्ध गराउनेछन् भन्ने कुरा उनलाई त्यसबेला थाहा भएको भए उनले त्यसैबेला हिटलरको बडीगार्डको पेस्तोल खोसेर हिटलरलाई गोली हान्ने थिए ।

एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *