किर्ते हस्ताक्षर गरेर ६ लाख हिनामिना

सचिवको नक्कली हस्ताक्षर गरेर उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्षले साढे ६ लाख रुपैयाँ झिकेको सार्वजनिक भएको छ ।

सप्तरीको अग्निसाईर कृष्णसवरण गाउँपालिका ४ प्रसबनीस्थित कलिया खोलामा पुल निर्माणका लागि गठित उपभोक्ता समितिका अध्यक्ष वैद्यनाथ यादव र कोाषध्यक्ष उम्दावेदी यादवले चेकमा सचिवको नक्कली हस्ताक्षर गरी रकम झिकेको भन्दै अख्तियारमा उजुरी परेपछि घटना सार्वजनिक भएको हो ।

समितिका सचिव देवनारायाण यादवले अध्यक्ष र कोषाध्यक्षले चेकमा आफ्नो किर्ते हस्ताक्षर गरी राष्ट्रिय वाणिज्य बैंकबाट रकम झिकेको अरोपसहित अख्तियार
दुरपयोग अनुसन्धान अयोागक क्षेत्रीय कार्यालय ईटहरीमा छानविन गर्न माग गरेका छन् । , यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *