भट्टराईलाई गोरखा–२ छाड्न कांग्रेस नेता अनिच्छुक: यस्तो छ कांग्रेसको तर्क

 

नेपाली कांग्रेसले गोरखा निर्वाचन क्षेत्र नम्बर २ नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईलाई छाडे पार्टीलाई घाटा हुने भन्दै कार्यकर्ताले विरोध गर्न थालेका छन् ।

कांग्रेस पदाधिकारी र कार्यकर्ताले विभिन्न बैठकमा भट्टराइलाई जिताउँदा कांग्रेसलाई फाइदा नहुने तर्क गर्न थालेका छन् । आजको नागरिकमा खबर छ ।

‘कांग्रेसलाई जरैदेखि फाल्नुपर्छ भनेर वाम गठबन्धनमा लागेका भट्टराईलाई गठबन्धनले गोरखा २ नदिएपछि उनी कांग्रेससँग तालमेल गर्न आएका छन्’, कांग्रेसका एक नेताले भने, ‘भट्टराईका कार्यकर्ताले अर्को क्षेत्रमा कांग्रेस उम्मेदवारलाई भोट हालेर जिताउँछन् भन्ने ग्यारेन्टी के ?

जिल्ला तहका नेता कार्यकर्ता र गोरखाबाट केन्द्रीय तहमा पुगेका नेता पनि गोरखा २ मा भट्टराईलाई छाड्न तयार छैनन् । स्थानीय तह निर्वाचनमा गोरखाका ११ मध्ये ९ तह जितेको कांग्रेस अहिले जिल्लामा पहिलो शक्ति देखिन्छ ।

दोस्रो माओवादी केन्द्र , तेस्रो एमाले र चौथोमा नयाँ शक्ति छ । तर, भट्टराईले चुनावी प्रतिष्पर्धा गर्न लागेको गोरखा २ मा भने नयाँ शक्ति एमालेभन्दा अगाडि छ ।

त्यहाँ कांग्रेससँग मिलेर निर्वाचनमा जाँदा सहजै जित्न सकिने विश्लेषण भट्टराइले गरेका छन् ।

एमालेको केही मत पाए जित्ने आसमा माओवादी नेता नारायाण्काजी श्रेष्ठ छन् । उनले गोरखा २ आफूले छाड्न नसक्ने अड्डी लिएपछि भट्टराई वाम गठबन्धनबाट बाहिरिएर कांग्रेससँग पुगेका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *