डडेल्धुरामा माओवादी केन्द्र भित्र किचिलो

देस भरिबाट प्रदेस र केन्द्रका लागि उमेदवार चयन भइसक्दा पनि डडेल्धुरा माओवादी केन्द्र भित्र विवाद कायमै छ ।

पार्टीको आन्तरिक विवादमा नराम्रो सँग फसेको माओवादी केन्द्र डडेल्धुरा यस अधि भएको स्थानीय चुनावमा झिनो मतान्तर दुई वटा स्थानीय तह आलिताल गाँउ पालिका  र पर्सुराम नगरपालिका पराजित भएको थियो ।

जिल्ला पार्टी डडेल्धुराले प्रतिनीधि सभा समानुपातिक उमेदवार खगराज भट्टलाई सिफारिस गरि पठाएको थियो । बाँकी उमेदवारको टुङ्गो लगाउन जिल्ला पार्टी गृहकार्यमै थियो । बाम गठबन्धन पछि फेरिएको माहोलले डडेल्धुरा नयाँ विवादमा तानियो । जिल्लाले सिफारिस गरेको उमेदवार पार्टीको विधान विपरित गई एमाले नेता भिमरावल सँगको एकलौटि साँटधाँट पछि खगराज जी प्रत्यक्ष निर्वाचन लड्ने मनुस्थीतिमा पुग्नु भयो । पार्टी नै धस्त गने खेल फेरि सुरु गनु भयो । जो उनको पुरानै शैली हो । नाम उल्लेख नगर्ने सर्तमा माओवादी केन्द्रका नेताले टपलाईन खबरलाई बताए ।

भट्टको कार्य शैली र व्यवहार बाट प्रताडित बनेका भित्रि मधेसका जनता भट्टको खुलेरै बहिस्कारमा उत्रिएका छन् । सामुदायिक बनको मुद्धामा आम जनतालाई मुछेको, आफ्नो व्यत्तिगत स्वार्थ पुरा गर्न पार्टीका ईमान्दार कार्यकर्ताहरुलाई झुठ्ठा मुद्धा अख्तियारमा हालेको र जनताको घरबार बिहिन बनाएको  आरोप भित्रि मधेसका जनताले खगराज भट्टलाई लगाएका छन् ।

भट्टको प्रतिसोधमा रहेका जनता र पार्टी कार्यकर्ता, नेता खुलेर विरोधमा उत्रिएका छन् ।

व्यवहार र कार्यशैली नै प्रष्ट नभएका नेतालाई पार्टी सहमति गरे त्यसको मूल्य पार्टीले चुकाउनु पर्ने नेता कार्य कर्ता बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *