फिफा पुसकास अवार्ड आर्सनलका फ्रेन्च फरवार्ड ओलिभर जिराडलाई

काठमाडौं । फिफा पुसकास अवार्ड आर्सनलका फ्रेन्च फरवार्ड ओलिभर जिराडले यो वर्षकै उत्कृष्ट गोल पुसकास अवार्ड जितेको छ ।

फिफाले सन् २००९ देखि पुसकास अवार्ड दिन थालेको हो । सन् २००९ मा क्रिष्टियानो रोनाल्डो, २०१० मा हामित अल्टिनटप, २०११ मा नेइमार, २०१२ मा मिरोस्लाभ स्टोच, २०१३ मा जाल्टन इब्राहिमोविच, २०१४ मा जेम्स रोड्रिग्वेज र २०१५ मा वेनडेल लिरा र सन् २०१६ मा मोहद फैजले अवार्ड जितेका थिए ।

स्पेनिस क्लब रियल मड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले लगातार दोश्रो पल्ट फिफा वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जिते । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले गएको वर्षदेखि प्रदान गर्न लागेको यो अवार्ड पोहोर पनि रोनाल्डोले नै पाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *