सीमा क्षेत्रमा वाम गठबनधनको सभा !

मधेसवादी दलका कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै वाम गठबन्धनले सीमा क्षेत्रबाट चुनावी अभियान थालेकोे छ ।

प्रदेश र प्रतिनिधिसभाका लागि वाम तालमेल गरेका एमाले र माओवादी केन्द्रले सुनसरीको सीमावर्ती क्षेत्र देवानगन्जमा आईतबार संयुक्त सभा गरेका हुन् ।

सभामा दुवै पार्टीले संयुक्त चियापान र पार्टी प्रवेश कार्यक्रम पनि गरे ।

बैशाखमा मधेस जागरण अभियान अन्तर्गत सभा गर्दा एमाले नेता तथा पुर्वप्रधानमन्त्री मात्रव नेपाललाई अवरोध गर्न सावरी साधनमा  तोडफोड, आगजानी र बम प्रहार गरिएको थियो ।

त्यही क्षेत्रका मधेसवादी पार्टीमा आवद्ध कार्यकर्तालाई एमालेले आईतबार फुलमाला लगाएर भित्र्याएका छ ।, यो खबर आजकोकान्तिपुरमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.