किन खनिए प्रकास मानसिंह रबिन्द्र मिश्रमाथि ?

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं १ का कांग्रेस उम्मेदवार प्रकाशमान सिंह प्रतिस्पर्धी रविन्द्र मिश्रमाथि खनिएका छन्

प्रकास मानसिंह रबिन्द्र मिश्रमाथि जति खनिए पनि यहाँको चुनावि माहोल निकै रोचक हुने अनुमान गरिएको छ ।
बाम गठबन्धनबाट अनिल शर्माको उमेदवारि छदै छ तर, यहाँ लोकतान्त्रिक गठबन्धनका उमेदवार सिंह मिश्र माथि खनिनुले सिंहको संसदमा बे्रक लाग्न सक्ने पुर्वानुमान लगाउन थालिएको छ ।

उपत्यकाका अन्य निर्वाचन क्षेत्रमा वाम गठबन्धन र कांग्रेसवीच प्रतिस्पर्धा हुने देखिए पनि काठमाडौं १ मा भने कांग्रेस र विवेकशील साझा पार्टीवीच टक्कर पर्ने संकेत देखिएको छ ।

प्रकाशमानविरुद्ध एक महिना अगाडि नै उम्मेदवारी घोषणा गरेर घरदैलोमा निस्किएका मिश्रले कांग्रेसको धेरै भोट काट्ने अनुमान गर्न थालिएको छ ।

काठमाडौं क्षेत्र नम्बर १ प्रकाशमान सिंहले निरन्तर जित्दै आएको ठाउँ हो । ०७० को चुनावमा यस क्षेत्रमा माओवादीबाट प्रचण्डपुत्री रेणु दाहालले दोस्रो स्थान हासिल गरेकी थिइन् भने एमाले रेणुभन्दा पछाडि थियो ।

बाम गठबन्धनमा धोका नभए शर्माले उत्त क्षेत्र आफ्नो पक्षमा नपार्लान भन्न सकिन्न ।

मिश्रले प्रकाशमानको भोट काटेर वाम गठबन्धनका उम्मेदवारलाई सजिलो मात्रै बनाउँछन् या आफूलाई नै पहिलो स्थानमा उभ्याउँछन्, त्यो अहिल्यै भन्न सकिँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *