बाम एकताका बेला क्रान्तिकारीका उपाध्यक्ष गौतम मकवानपुरमा यसरी गर्जीए

अखिल क्रान्तिकारी मकवानपुरले आयोजना गरेको बाम तालमेल तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अखिल कान्तिकारीका उपाध्यक्ष विजय गौतमले बाम एकता तथा तालमेल २१ औं शताब्दीको माग भएको बताएका छन् ।

आइतबार मकवानपुरमा वाम विद्यार्थी संगठनको संयुक्त भेलामा उपाध्यक्ष गौतमले शिक्षा, स्वास्थ्य, रोजगारजस्ता जनताका मौलिक अधिकारलाई व्यवाहारमा कार्यान्यन गर्नका लागि वाम गठबन्धनको विजय आवश्यक रहेको बताए।

त्यस्तै अनेरास्ववियूका उपाध्यक्ष महेश बर्तौलाले बाम तालमेल तथा एकता मुख्यत: युवा पुस्ताको लागी भएको वताउदै एकतालाई सफल बनाउन आवश्यक योगदान र खबरदारी गर्न युवाहरु तैयार रहनुपर्ने वताए।

उपाध्यक्ष गौतमले अनेरास्ववियूका जिल्ला अध्यक्ष सन्तोष पौडेललाई “गोलाकार भित्रको हसिँया हथौडा” चुनाव चिन्ह अंकित झण्डा हस्तान्तरण गरे भने अनेरास्वियूका उपाध्यक्ष महेश वर्तौलाले अखिल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष दिनेश सुवेदीलाई “सूर्य” चुनाव चिन्ह अंकित झण्डा हस्तान्तरण गर्दै सम्पूर्ण हिसाबले निर्वाचन होमिन अपिल गरिएको थियो।

भेलाले दुबै संगठनका जिल्ला अध्यक्ष प्रमुख रहने गरि ११०१ सदस्यीय संयुक्त बाम बिध्यार्थी निर्वाचन परिचालन समिति गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *