लाइभ – एसिया कप क्रिकेट: नेपाल विरुद्ध अफगानिस्तानद्धारा जवाफी ब्याटिङ

मलेसियामा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा  नेपालले दिएकाे १०४ रनको लक्ष्य पछ्याउँदै अफगानिस्तानले जवाफी ब्याटिङ सुरु गरेकाे छ ।
मलेसियाको किनरारा ओभल मैदानमा अफगानिस्तानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा अाएको नेपालले २८ अोभरमा १०३ रन बनाउँदा सबै विकेट गुमायो ।

अफगानिस्तानका मुजिब उर रहमानले नेपाली पालीलाई सम्हालिन दिएनन् । उनले नेपालको ६ विकेट लिए ।

आशिफ शेख शून्यमै मुजिब उर रहमानको बलमा एलबीडब्लू आउट भए । मुजिब उर रहमानकै दोस्रो अोभरमा १५ बलमा १ रन बनाएका जितेन्द्र सिंह अाउट भए । २० बलमा ६ रन बनाउँदा दिपेन्द्र सिंह एेरी, ७ बलमा ४ रन बनाउँदा रोहित कुमार पाैडेललाई मुजिब उर रहमानले नै अाउट गरे । अर्धसतक बनाएलगत्तै अनिल कुमार साह पनि मुजिब उर रहमानको बलमा आउट भए । उनले ५७ बलमा ७ चौका र एक छक्काको मद्धतमा ५० रन बनाए ।

भीम सार्की १९ बलमा ६ रन बनाउँदा रन आउट भए । १५ बलमा ८ रन बनाउँदा पवन सर्राफ अहमदको बलमा स्टम्पिङ भए । किशोर महतो मुजिब उर रहमानकै बलमा शून्यमै आउट भएका हुन् । यस्तै कमल सिंह ऐरी अहमदको बलमा शून्यमै आउट भए ।  १० बलमा ७ रन बनाउँदा सन्दिप लामिछाने रन आउट भए । साहब आलमले १५ बलमा ७ रन बनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *