नयाँ शक्तिका केन्द्रिय सदस्य माओवादी केन्द्रमा

 

गोरखा – नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय सदस्य रामप्रसाद अधिकारी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

गोरखा नगरपालिका १० छेपेटारमा आयोजित चुनावी सभामा अधिकारी  माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

अजिरकोट गाउँपालिका ३ काफलडाडा स्थायी घर भएका अधिकारी नयाँ शक्ति पार्टी नेपाल निकटको शिक्षक सङ्गठनका केन्द्रिय नेता समेत  थिए ।

तत्कालीन माओवादी केन्द्र निकटको शिक्षक सङ्गठनको केन्द्रिय उपाध्यक्ष रहेका अधिकारी डाक्टर बाबुराम भट्टराईले पार्टी फुटाएर नयाँ शक्ति पार्टी नेपाल गठन गरेपछि भट्टराई सङ्गै नयाँ शक्ति प्रवेश गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.