प्रकाशलाई सम्झना बिनालाई बधाई

प्रकाशको दियो निभ्यो
प्रचण्डलाई चोट लाग्यो
हामी सबैलाई पीडा भयो
शत्रु पनि भावुक बन्यो

जन्मे देखि अहिलेसम्म
छुटे थिएन कहिले साथ
हरेक काममा साथ दिने
थिए उनी दायिने हात

पहिला पुत्र थिए उनी
सधै रक्षक हिड्ने
द्धन्द्धकालका महान योद्धा
गरे देशलाई योगदान पनि

पुत्र वियोग पिडै हुन्छ
महान व्यक्ति भए पनि
नरोकिउन ती कदमहरु
अहिले कम्जोर परेपनी

परिवारै साथमा लिइ
राजनीतिको यात्रा गर्‍यो
कठिनाइ र संघर्षको
बाटो पनि पार गर्‍यो

एक पुत्रको शोकमा परि
नभुल्नु है कैयौं छोरा
देश निर्माणको यो घडिमा
फाल्नु हुन्न एक क्षण खेर

दुख पिडा सबै बिर्सी
जनताको मर्म बुझी
गर्नुपर्छ नयाँ खोज

गठबन्धनको दिगो सरकार
बनाइ देशको बिकास
औधोगिक क्रान्ति ल्याइ
दिनु पर्छ निकास

सम्हाल्नु त गह्रौ होला
ती बुहारी नाति
पुत्र शोकमा छट्पटीएकि
आफ्नै जीवन साथी

पारिवारिक चिन्ता भन्दा
बुझ्नु देशको खाचो
दिगो बिकास शान्ति ल्याउन
तिमी नै हौ साचो

साथ छुट्यो पतिको नी
एक्लि परिन बिना
सोच्दी होलिन साथमा भए
घटना घट्ने थिएन

उत्साहको मावल थियो
चुनावको बेला
सपनामा नी नसोचेको
यस्तो निराश होला

मिठा मिठा सपनाहरू
सजाएका मनमा
तुफान आइ उडाइ लग्यो
कोइली एक्लै बनमा

चम्किलो त्यो अनुहारमा
दैव अँखा लाग्यो
मुस्कुराउनु बाकी नै थ्यो
हासो कहाँ भाग्यो

अतितलाई बिर्सिएर
अघि बढ बिना
आँच पनि आउने छैन
अब आउने दिन

देशकै लागि कम्मर कस्नु
ढुङ्गा पारी मन
जिवनको यो झड्काले
शक्ति बढोस् झन

अल्पायु नै रैछन उनी
भनी बुझी दिनु
बाकी जीवन देशकै लागि
अर्पण गरि दिनु

कंचनपुरकि छोरी तिमी
संघर्षशिल नारी
जनता देख्न चहाने छन
योद्धा झासीकि रानी

जिन्दगीको यो लडाइमा
धेरै गर्‍यो सामना
बिजय तिम्रो निश्चित नै छ
अग्रिम शुभकामना ।।।।।


लेखक ::::::  बिध्या शर्मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.