प्रदेश राजधानीका लागि हानथाप सुरु, चर्किंदै आन्दोलन

प्रदेश नम्बर ७ को राजधानी डडेल्धुरामा बनाउँन माग राख्दै डडेल्धुरामा आन्दोलन सुरु भएको छ ।
सरकारले ७ नम्बर प्रदेशको राजधानी कैललालीको धनगढी तथा डोटीको दिपायल वा अन्य कुनै ठाउँमा हुने भन्ने विषयमा आधिकारिक निर्णय नहुँदै आफ्नो पायक पर्ने ठाउँमा राजधानी राखिनु पर्ने माग राख्र्दै आन्दोलन उठ्न थालेका छन् ।

उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य प्रकाश साउँदको संयोजकत्वमा १०१ जनाको समिति गठन गरेरै आन्दोलनको सूरुवात भएको छ । आज पनि उक्त समितिले सरोकारवालासँग अन्तक्रिया तथा आन्दोलनको समिक्षा र रणनीतिक रुपमा अगाढी बढाउँने भन्ने बिषयमा छलफल गरेकोछ ।

पहिलो प्राथमिकता ७ नम्बर प्रदेशको राजधानी डडेल्धुरा हुनु पर्ने डडेल्धुरा नभएको खण्डमा पहाडका जिल्लामा राजधानी घोषणा हुनु पर्ने माग आन्दोलन समितिले राख्दै आएको छ । आइतबारदेखि बृहत आन्दोलन चर्काउँने निर्णय गरेको समितिका संयोजक प्रकाश साउँदले बताए ।

सुदुरपश्चिमका पहाडी जिल्लाको मुख्य प्रवेशद्धारका रुपमा रहेको डडेल्धुरा नै राजधानीका लागि उपयुक्त ठाउँ मानिन्छ । बैतडी, दार्चुला, बझाङ्ग, डोटी, बाजुरा र अछाम जिल्लाको गन्तव्य स्थान पुग्नका लागि समेत डडेल्धुरा सदरमुकाम भएर जानु पर्ने हुनाले यो भन्दा उत्तम विकल्प अरु हुन नसक्ने समितिले ठहर गरको छ ।

भौतिक संरचनाका हसिाबले डडेल्धुरा जिल्लमा करिब ४० ओटा सरकारी कार्यालय हाल स्थानीय तहमा मर्ज भएसँगै संरचना समेत अभाव नहुने आन्दोलन समितिका सदस्य सुदाम थापाले बताए ।
तर, सबैभन्दा ठुलो विषय ७ नम्बरको राजधानीका विषयमा माओवादी केन्द्रका ७ नम्बर प्रदेश ईन्चार्ज लेखराज भट्टले ७ नम्बर प्रदेशको राजधानी कैलालीको अत्तरियामा स्थापना गरिने औपचारिक निर्णय समेत गरिसकेका छन् ।

यता बहालबाला प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरा एवंम् ७ नम्बरको एक मात्र निर्वाचन जितेको जिल्लाका प्रतिनिधिसभा सदस्य समेत भएकाले राजधानी तोक्ने विषयमा देउवाको महत्वपूर्ण भूमिका रहने विश्लेषक बताउँछन् ।


नयाँ पत्रिका बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *