धनकुटामा बन्द जनजीवन प्रभावित

प्रदेश नं. १ को राजधानी धनकुटा कायम गरिनु पर्ने माग राख्दै आन्दोलनरत पक्षले आव्हान गरेको बन्दले जनजीवन प्रभावित बनेको छ । धनकुटामा बन्दको प्रभाव बिहानैदेखि परेको छ । बन्दकर्ताले यातायात, बजार, पसल, कलकारखाना ठप्प पारेका छन् ।

बन्दले धनकुटा भएर भोजपुर, संखुवासभा, तेह्रथुमका लागि सञ्चालन हुने सवारी साधन ठप्प छन् । प्रेस, एम्बुलेन्स लगायत अत्यावश्यक सवारी साधन र शिक्षण संस्था सञ्चालनमा भने अवरोध नगरिने संघर्ष समितिका संयोजक उमेश घिमिरेले जानकारी दिनुभयो ।

पूर्वाधारले सम्पन्न धनकुटालाई नै राजधानी बनाउनु पर्ने माग गर्दै स्थानीयबासीले चार दिनदेखि दिनहुँ प्रदर्शन गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *