प्रदेश सातमा श्वास फेर्नै पाएन, देशभर कोवामा काँग्रेस

चुनाको माहोल विस्तारै सेलाउदै छ । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फ दलहरुले प्राप्त गरेको सिट संख्या टुंगो लगाई राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने तयारी भैरहेको छ । सँगै सरकार गठन प्रक्रिया अगाडि बढिरहेको छ ।

तँ मन्त्री कि म मन्त्री भन्ने भित्रभित्रै तछाड मछाड मच्चिरहेको छ । भित्रभित्रै तछाड मछाड मच्चिएपनि बाहिर जनता जनस्तरमा खुसियालिका पोका एक अर्कामा बाढिँरहेका छन् ।

आम जनस्तरको सोचाई दिगो विकास र स्थायी सरकार हेर्ने मन जताततै भौतारिरहेको देखिन्छ । वाम आँधीहुरीमा प्रतिनिधिसभाको चुनावमा देशभरिबाट रुख ढले जंगल उजाडमय भयो । पुरै जंगल उजाड हुदाँ २३ ओटा रुख मात्र बाँचे । आलो घाउमा मलमपट्टी लगाउदै काँग्रेसीहरु सामानुपातिकबाट ४० रुख वृक्षारोपण गरि ६३ रुख बचाउने सफल भए । जंगल भरि ६३ थान रुख मात्रै सही सलामत उभिएका छन् अहिले ।

जंगलै सखाप भएपछि काँग्रेसको रुख छाप कोवामा गएको छ । म (लेखक) धेरै ठाउँमा धुमफिरको लागि निस्कने गर्छु । धेरै साथीभाईहरु, विभिन्न पेशाकर्मी बुद्धिजीविहरु सँगको भेटघाटमा आजभालि चुनावकै सेरोफरोका कुराकानी सुनिन्छन् । भन्ने गर्छन । काँग्रेसको रुख फर्केला कि नफर्केला शितलता पुनः प्रदान होलाकि नहोला घामले मात्रै पोल्ला कि भन्ने त्रास काँग्रेसीहरुमा प्रष्ट देखिन्छ । कोही भन्छन्– पाँच वर्षमै फर्कन्छ । छाया हेरेर कोही भन्छन्– कहिल्यै फर्कंदैन । फर्कने र नफर्कने गलफत्ती चलिरहेकै छ ।

राजधानी शहर शिहदरवारबाट ७ किलो मिटर टाढा रहेको त्रिभुवन विश्वविद्यालयको किर्तिपुर टियू क्रिकेट मैदानमा भरेष्ट प्रिमियर लिग (इपीएल) चलिरहेको छ । त्रि.विमा अध्ययन गर्न कयौं खेल प्रेमीहरु घाम ताप्दै क्रिकेटको आन्नद लिईरहेका छन् । म (लेखक) पनि त्यहि भिडमा (ईपीएल)को रिपोटिङको लागि पुगेको थिए । त्यहाँ मेरा दौंतरीहरु सँग पनि भेट हुने मैका मिल्यो । साथीहरु सँगको रमाईलो कुराकानी सकिनै लागेको थियो ।

म पनि निस्कन खोजी रहेको थिए । त्यहीँ बिचमा मेरो एकदमै मिल्ने साथी राजनीति शास्त्रमा खुबै दखल राख्ने मित्र खडानन्द पौडेल काँग्रेसको भविश्यको बारेका कुराकानी गर्दे थिए । देसभर काँग्रेसले नराम्रो पराजय भोगेको छ । उनको भनाई थियो काँग्रेस सभापतिसमेतले पराजित हुनुपर्ने थियो । तर त्यो भईदिन । पराजीत भईदिएको भए काँग्रेसले युवा नेतृत्व पाउथ्यो कि भन्ने झिनो श्वास लिएको थिए । त्यो पनि पुरा हुने नहुने अन्यौंल छाएको छ यस्तै हो भने काँग्रेस पाँच बर्षमा कोमामा मात्र होईन् आर्य घाट नै पुग्ने तर्क पेश गर्दै थिए् ।

यो प्रतिनीधिमुलक अवाज मात्र हो । सबै तिर यस्तै स्वर सुनिन थालेका छन् । हो अहिले, कांग्रेस कोमामा गएपछि कांग्रेसीहरु बिरामीजस्ता देखिएका छन् । कोही नुन खाएको कुुुखुराजस्तो झोक्राएका छन् । अनुहार बासी सागजस्तो ओइलाएको छ । रुख आफैँ ढलेको हो कि ढलाइएको हो भन्ने पनि होस छैन । कोही कसैसँग बोल्न पनि मन गर्दैनन् ।

यस्तै प्रदेश नम्बर ७ मा काँग्रेसले श्वास पनि फेर्न पाएन् । प्रतिनीधि सभातर्फ १६ क्षेत्र रहेकोमा बाम गठबन्धनले १४ जित्दा एक सिट मधेसवादीको कोल्टामा गयो । काँग्रेसको भागमा एक सिट मात्र पुग्यो । त्यो पनि प्रधानमन्त्री शेरबहादुर देउवाको आफ्नो गृहजिल्ला डडेल्धुरा मात्र । देउवाले डडेल्धुरामा टाउको मात्रै जोगार कैलालीमा आफ्नै मुटु फुटाए भने कञ्चनपुरमा दाँया र बायाँ गुमाए यो सँगै प्रदेस नम्बर ७ को काँग्रेस कोवामा ………………………………..


लेखक – प्रदिप भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *