अध्यादेशको गाँठो फुकाउन राजनीतिक सहमति खोज्न राष्ट्रपतिको आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा निर्वाचन अध्यादेशको गाँठो दलीय सहमतिबाटै फुकाउन वाम गठबन्धनका प्रमुख नेताहरुलाई आग्रह गरेकी छन् ।

सरकारले पठाएको अध्यादेश राष्ट्रपति कार्यालयमै ‘होल्ड’ हुँदा समानुपातिकतर्फको नतिजा सार्वजनिक गर्न ढिलाइ भइरहेकाबेला एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भएको भेटमा राष्ट्रपतिले दलीय सहमति जुटाउन अपिल गरेकी हुन् । ‘मैले संवैधानिक र कानुनी बाटोबाट दायाँबायाँ गर्न मिल्दैन,’ राष्ट्रपतिको भनाइ उद्धृत गर्दै स्वकीय सचिव भेषराज अधिकारीले कान्तिपुरसित भने, ‘छलफल गरेर छिट्टै टुंगोमा पुग्नुस् ।’

राष्ट्रपतिले विगतमा पनि दलहरुको सहमतिमै विवादहरु टुंगिएको उल्लेख गर्दै भनिन्, ‘लोकतन्त्रका लागि सँगै लडेका दलहरुबीच आपसी छलफल र सहमतिबाटै यस्ता विवाद समाधान गर्नुपर्छ ।’ विधेयक प्रमाणिकरण गर्ने/नगर्ने विवादले संवैधानिक संस्थाहरु विवादमा आउन राम्रो नहुने राष्ट्रपतिको संकेत थियो ।

ओली र दाहालले भने सरकारले संविधानविपरीत अध्यादेश ल्याएको भन्दै असन्तुष्टि जनाएका थिए । तर, विवादको निरुपण गर्ने दायित्वसहित सरकारले अग्रसरता नलिएको भन्दै उनीहरुले अब आफूहरुले नै पहल लिने बताएका थिए

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *