बाम एकता संयोजन समितिको बैठक अझै बस्न केन

बाम गठवन्धनका नेताहरुको व्यस्तता र विवादास्पद अभिव्यक्तिसँगै पार्टी एकता प्रक्रिया प्रभावित भएको छ । पार्टी एकता र सरकार गठन प्रक्रियालाई सँगै लैजाने बताएपनि एकता संयोजन समितिको बैठक लामो समयदेखि बस्न सकेको छैन ।

समितिको हिजो वस्ने भनिएको बैठक समेत बस्न सकेन । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहित संयोजन समितिमा रहेका अधिकांश नेताको व्यस्तताका कारण वैठक प्रभावित भएको हो । यो बीचमा दुवै दलका नेताहरुले एकता प्रक्रिया नै प्रभावित हुने अभिव्यक्ति दिइरहेका छन् । सम्भवत भोलीसम्ममा संयोजन समितिको वैठक वस्ने एमाले नेताहरुको भनाई छ ।

माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहालले आलोपालो गर्ने सहमति भएको भन्ने अभिव्यक्ति दिइरहँदा एमालेले भने पार्टी अध्यक्ष र सरकार  दुवैको नेतृत्व केपी ओलीले गर्ने बताएको छ । पछिल्लो समय राष्ट्रिय राजनीतिकै बाधक बनिरहेको राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेशमा पनि एमाले र माओवादी केन्द्रबीच फरक धार देखिएको छ ।

एमालेले बहुमतीय आधारमा अध्यादेश आउनुपर्ने अडान लिइरहँदा माओवादी केन्द्र भने काँग्रेस नेतृत्वको सरकारले ल्याएको एकल संक्रमणीय व्यवस्थामा केही लचक देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.