ओली र प्रचण्डबीच भेटवार्ता, कसले के- के भने

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

ओली निवास  बालकोटमा भएको भेटमा अध्यक्ष प्रचण्ड र ओलीबीच पार्टी एकता, सरकार गठन, राष्ट्रिय सभा अध्यादेश लगायतका विषयमा कुराकानी भएको प्रचण्डका  प्रेस संयोजक मनहरी तिमल्सिनाले जानकारी दिए ।

दुई अध्यक्षबीच राजनीतिक वातावरण सहज बनाएर पार्टी एकतालाई अघि बढाउने समझदारी भएकाे समेत बताइएकाे छ । केही दिनभित्रमै संयाेजन समितिकाे बैठक बाेलाएर पार्टी एकताकाे प्रक्रिया अघि बढाउने समझदारी समेत भएकाे छ ।

यसअघि अोली र प्रचण्डबीच मंगलबार साँझ नै भेटवार्ता हुने भनिएपनि भएकाे थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *